
कोलकाता नाइट राइडर्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सलाई २९ रनले हराएको छ । यो जितसँगै कोलकाताले प्ले अफ खेल्ने सम्भावना जीवन्त राख्यो ।
इडेन गार्डेनमा कोलकाताले पहिले ब्याटिङ गर्दै दुई विकेटमा २ सय ४७ रन बनाएको थियो । ओपनर फिन एलेनले चार चौका र १० छक्काको ३५ बलमा ९३ रन बनाए । यस्तै अंगकृश रघुवंशीिले ४४ बलमा ८२ रन जाडे । त्यसमा चार चौका र सात छक्का सामेल थियो ।
जवाफमा गुजरातले चार विकेटमा २ सय १८ रन मात्र बनाउन सक्यो । कप्तान शुभमन गिलले ८५ र जस बटलरले ५७ रन बनाए पनि त्यसले कोलकातालाई जितबाट रोक्न सकेन् ।
यो जितपछि कोलकाताको १२ खेलबाट ११ अंक भएको छ र सातौं स्थानमा छ । गुजरात भने १३ खेलबाट १६ अंकमै सीमित रहेर दोस्रो स्थानमा रह्यो र उसले शीर्ष स्थानमा उक्लने मौका गुमायो ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]