Share on:

लुम्बिनी प्रदेश ९९ रनमै समेटियो, विशाल पटेलको घातक बलिङ
March 27th, 2026

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेश कमजोर प्रदर्शन गर्दै ९९ रनमै अलआउट भएको छ। १२५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी २६ ओभरमा अलआउट भयो।


लुम्बिनीको सुरुवात निकै खराब रह्यो। ओपनर रणजीत खड्का, आकाश त्रिपाठी र प्रज्ज्वल थापा शून्यमै आउट हुँदा टोली दबाबमा परेको थियो। कप्तान देव खनालले १२ रन बनाए पनि ठूलो इनिङ खेल्न सकेनन्।


मध्यक्रममा सुमित श्रेष्ठले ३० रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याटरले साथ दिन सकेनन्। सन्देश थापाले १६ रन जोड्दा बाँकी खेलाडी सस्तोमा समेटिए।


बलिङतर्फ विशाल पटेलले घातक प्रदर्शन गर्दै ९ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए। प्रदीप पासवानले २ तथा रुपेश सिंह, मोहम्मद आदिल आलम र आशिक बैठाले समान १–१ विकेट लिए।


त्यसअघि रामजानकी मल्टिपल स्टेडियममा पहिले ब्याटिङ थालेको मधेसले १२४ रनमै अलआउट भएको थियो। खेलमा मधेश ३८.१ ओभरमै समेटिएको हो।


मधेशका लागि मयान यादवले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद आदिल आलमले २३ रनको योगदान दिए। पवन सर्राफले १९ रन जोड्दा अन्य ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। कप्तान अनिल साह मात्र १ रनमा आउट भए।


बलिङतर्फ सन्देश थापाले उत्कृष्ट प्रदर्शन गर्दै ५.१ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। सन्तोष यादवले पनि ३ विकेट हात पार्दा अजय चौहानले २ विकेट लिए। निर्मल गुरुङले किफायती बलिङ गर्दै १ विकेट लिए।


Swadesh Maharjan | March 27th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya