Share on:

पीएम कप : कोशीविरुद्ध सुदूरपश्चिम ७ विकेटले विजयी
March 27th, 2026

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले काेशीविरुद्ध अर्काे जित दर्ता गरेकाे छ।


विरगञ्जकाे नारायणी क्रिकेट मैदानमा शुक्रबार समपन्न खेलमा सुदूरले काेशीलाई ७ विकेटले पराजित गरेकाे हाे। काेशीले दिएकाे १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्याे।


जितसँगै सुदूरले तीन खेलबाट ४ अंक जाेडेकाे छ। चार खेलबाट काेशीकाे एक अंक छ। 


सुदूरपश्चिमका लागि खडक बोहोराले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा ६६ रन बनाए। उनले ९ चौका र ३ छक्का प्रहार गर्दै खेलको दिशा नै परिवर्तन गरे। किरण थगुन्ना २५ रनमा अविजित रहँदा लोकेन्द्र चन्दले ६ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए।


टिमको सुरुवात भने सामान्य रह्यो। अभिषेक पाल १४ रनमा आउट भए भने प्रकाश पाण्डे ४ रनमै पेभिलियन फर्किए। तर त्यसपछि खडक बोहोराले आक्रामक खेल्दै मध्यमक्रम सम्हाले।


बलिङतर्फ विपिन महतोले २ विकेट लिए भने ज्ञानन्द्र श्रेष्ठले १ विकेट हात पारे। 


त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश ४३.४ ओभरमा १३० रनमै अलआउट भएको छ। कोशीका लागि सुमन श्रेष्ठले सबैभन्दा बढी २४ रन बनाए भने शिवाश बजगाईंले २५ रनको योगदान दिए। दीपेश कँडेलले २० रन जोड्दा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। शाकिब हक (१५) र फिर्दोस अन्सारी (१८) ले सुरुवात राम्रो गरे पनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन्।


बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। नारायण जोशी र सौर्य श्रेष्ठले समान १–१ विकेट लिए भने किरण थगुन्नाले २ विकेट हात पारे।


Swadesh Maharjan | March 27th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya