Share on:

लुम्बिनी र जनकपुर भिड्दै
December 5th, 2025

काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०अन्तर्गत शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। खेल अपराह्न ४ः०० बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ।


जारी प्रतियोगिताा ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित्नैपर्ने दबाब छ।


लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म ५ खेलबाट २ अंक मात्र हात पारेको छ। यस्तै, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने क्वालिफायर १ मा पुगिसकेको छ। यता, विराटनगर किङ्स र काठमान्डु गोर्खाजले पनि प्लेअफ पक्का गरिसकेका छन्।


Swadesh Maharjan | December 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya