Share on:

युनाइटेडको बराबरीमा एमोरिम दिक्क
December 5th, 2025

म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियस लिगमा वेस्ट ह्यामसँग १–१ को बराबरी खेलेको छ र यो नतिजामा प्रशिक्षक रुबेन एमोरिमले दिक्क लागेको प्रतिक्रिया दिएका छन् ।


युनाइटेड फेरि एकपल्ट आफूले लिएको अग्रता जोगाउन असफल रहेको हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले डिएगो डालोटको गोलले ५८ औं मिनेटमा अग्रता लिएको थियो ।  


तर खेलको ८३ औं मिनेटमा  सोंगोटोउ मागासाले वेस्ट ह्यामका लागि बराबरी गोल गरे । यो नतिजापछि युनाइटेड १४ खेलबाट २२ अंकमा आठौं स्थानमा रह्यो । यो शीर्षबाट दुई अंक मात्रै टाढा हो ।


त्यसैले यो खेल जितेको भए युनाइटेडको स्थिति धेरै राम्रो हुने थियो, त्यसैले प्रशिक्षक एमोरिमले आफूलाई दिक्क लागेको बताएका हुन् । वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमा छ र उसको १२ अंक मात्र रहेको छ ।


Swadesh Maharjan | December 5th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya