
काठमाडौं। महिला टी २० एसियन कप छनोटको खेलमा नेपालले इन्डोनेसियाबाट ११४ रनकाे लक्ष्य पाएकाे छ।
टस जितेर पहिले ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाए ११३ रन बनायाे। उसका लागि सुरुआतमै दबाब सामना गरेको थियो। नेपाली मनिषा उपाध्यायले पहिलो ओभरमै दुई विकेट लिएपछि इन्डोनेसिया संकटमा परेको थियो। उनले ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिइन्।
इन्डोनेसियाका लागि कप्तान नी पुटु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पुर्याइन्। उनले ६२ बलमा ३ चौका प्रहार गरिन्। नी लुह देवीले २३ रनको योगदान दिइन् भने नी माडे पुत्री सुवान्देवीले १३ रन जोडिन्।
नेपालका लागि रिया शर्माले पनि किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन्। कविता कुँवर, रुबिना क्षेत्री र सीमाना केसीले पनि दबाबपूर्ण बलिङ गरे।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]