
काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत बिहीबार सेमिफाइनलका दुई रोमाञ्चक खेल हुँदैछन्। प्रतियोगिताको सातौं दिन हुने पहिलो सेमिफाइनलमा काजाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले इरानको सामना गर्नेछ।
पहिलो सेमिफाइनल खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। त्यसपछि साँझ ५ बजे नेपाल र इरानबीचको बहुप्रतीक्षित खेल हुनेछ।
घरेलु समर्थकको साथ पाएको नेपाल फाइनल प्रवेशको लक्ष्यसहित कोर्टमा उत्रिनेछ। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। यता इरान पनि बलियो टोलीका रूपमा उपाधि दाबेदार मानिएको छ।
नेपाली टोली घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक सफलता हात पार्ने योजनामा रहेको छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]