Share on:

च्याम्पियन हुन् नेपाल समाओविरुद्ध खेल्दै
October 17th, 2025

एसिया र इस्ट एसिया प्यासिफिकको ट्वान्टी ट्वान्टी विश्वकप छनोटको सुपर–सिक्समा नेपाल अहिलेसम्मकै सबैभन्दा बलियो टिम हो भने समाओ सबैभन्दा कमजोर । नेपाल चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । नेपाल अहिलेसम्म अपराजित पनि छ ।

 

त्यति मात्र होइन्, नेपाल अबको विश्वकपका लागि छनोट पनि भइसकको छ । अर्कोतर्फ प्रतियोगितामा चुनौती समाप्त भइसकेको समाओ चार खेलबाट शून्य अंक छ । यिनै दुई टिम नेपाल र समाओबीचको खेलसँगै आज शुक्रबार छनोट प्रतियोगिता सकिंदैछ ।


नेपालसामु समाओलाई हराएर छनोटको च्याम्पियन हुने अवसर छ । आज दुई खेल छन् । पहिलो खेलमा ओमान र जापान भिड्ने छन् । नेपालसँगै ओमान र यूएई विश्वकपका लागि छनोट भइसकेका छन् । समाओविरुद्धको खेलमा नेपालको एउटै उद्देश्य हुनेछ, जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्ने ।


Swadesh Maharjan | October 17th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya