काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआइ) वरीयतामा नेपाल यथावत् रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा छ।
भारत शीर्ष स्थानमा कायमै छ। न्युजिल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छ। श्रीलंका एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेको छ।
पाकिस्तान भने एक स्थान तल झरेर पाँचौं स्थानमा पुगेको छ। दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं र इङ्ल्यान्ड आठौं स्थानमा यथावत् छ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]