इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसलाई अहिले एकातर्फ असाध्यै खुसी लागिरहेको हुनु पर्छ, किनभने उसले कम्युनिटी सिल्ड जितेको छ । यसका लागि उसले वेम्बलीमा भएको खेलमा लिग च्याम्पियन लिभरपुललाई हराएको थियो, टाइब्रेकरमा ।
अर्कोतर्फ दुःख पनि उत्तिकै लागेको हुनु पर्छ, किनभने प्यालेसले अबको सिजन युरोपमा खेल्ने भनेको यूईएफ कन्फ्रेन्स लिग हो, युरोपा लिग होइन् । उसलाई घटुवा गरेर युरोपेली क्लब फुटबलको सबैभन्दा कम महत्त्वको प्रतियोगिता खेलाउन बाध्य पारेको हो ।
खासमा प्यालेसले खेल्नु पर्ने युरोपा लिग नै थियो, एफएकप विजेताका रूपमा । तर भइदियो के भन्दा युरोपेली फुटबल महासंघ (यूईएफए) ले उसलाई ‘मल्टी क्लब वनरसिप रुल्स’ अन्तर्गत कारवाही गरेको हो । यसका विरुद प्यालेस कोर्ट अफ आरबिट्रेसन पनि गएको थियो, तर निर्णय उसकै विरुद्ध भयो ।
यो निर्णय भर्खर आएको छ । अमेरिकी व्यवसायिक जोन टेक्टरको प्यालेसमा ४३ प्रतिशत सेयर थियो, जुनसम्म । उनी अर्को क्लब लियोनका पनि मालिक हुन्, यो क्लब पनि युरोपा लिगमा छनोट भएको छ । यूईएफएले के मान्यो भने टेक्टरले हतार हतारमा सेयर त बेच्यो, तर यो ढिला भइसकेको थियो ।
अब मुख्य कुरा के भने युरोपा लिग खेल्न नपाएपछि प्यालेसको प्रदर्शनमा त्यसले असर पार्छ कि पार्दैन् ? सायद पार्न सक्छ । युरोपतिरका ठूला क्लबतिर सबै आकर्षित हुनु भन्नु नै उताका महादेशीय प्रतियोगिता खेल्ने लोभ नै हो । प्यालेस यसमै चुकेको छ, यसपल्ट ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]