Share on:

लिग–२ : नेपालले अमेरिकासँग खेल्दै
October 26th, 2025

काठमाडौँ। नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेल आज अमेरिकाविरुद्ध खेल्दैछ।


दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुँदैछ।


आइसीसीको एकदिवसीय वरियतामा नेपाल हाल १७औं स्थानमा छ भने अमेरिका १४औं स्थानमा छ। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र अमेरिका हालसम्म ९ पटक आमने सामने भएका छन्। जसमा दुवै देशले ४-४ खेल जितेका छन्। त्यस्तै एक खेल टाइ भएको थियो।


लिग २ को अंक तालिकामा अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ। नेपालले भने १६ खेलमा केवल ५ खेल जितेको छ।


यसअघि ओमानमा भएको टी–२० विश्वकप एशिया छनोट जितेर नेपाल अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेको छ। 


Swadesh Maharjan | October 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya