Share on:

नेपाल र युएईबीच दोस्रो खेल हुँदै
April 21st, 2026

काठमाडौँ। नेपाल र युएईबीच जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ।


पहिलो खेलमा युएईसँग ६ विकेटले पराजित भएको नेपाल शृंखलामा १–० ले पछि परेको छ। वर्षाले प्रभावित उक्त खेलमा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा हार व्यहोर्नुपरेको थियो।


आजको खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण छ। शृंखला बराबरीमा ल्याउन घरेलु टोलीलाई जित अनिवार्यजस्तै बनेको छ भने युएई जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।


Swadesh Maharjan | April 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya