Share on:

१०औं पोखरा स्पोर्ट्स अवार्डलाई टेम्पल बेल बुटिक र प्लाजा होटल ग्रूपको साथ
April 21st, 2026

काठमाडाैं। रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १०औं पोखरा स्पोर्ट्स अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल गू्रपले साथ दिने भएका छन्। 


वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्डको हस्पिटालिटी पार्टनरमा रहेर पोखराको लेकसाईडमा रहेको फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा र काठमाडाैंको नक्सालस्थित होटल क्राउन प्लाजाले साथ दिने भएका छन्।


हस्पिटालिटी पार्टनरको लागि फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेल र प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठ बीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सम्झौता गरेका छन्। सो अवसरमा वोल्दै फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पाका सञ्चालक विश्वराज पौडेलले खेलाडीलाई सम्मान गर्ने गण्डकी प्रदेशको गौरवको कार्यक्रम संग टेम्पल बेलले सहकार्य गर्न पाउदा खुसी लागेको बताए। खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्थाले खेलाडीहरुको सम्मान गर्ने काम आफैमा महान कार्य भएको उनको भनाइ रहेको थियो।


त्यस्तै प्लाजा होटल ग्रूपका अध्यक्ष युवराज श्रेष्ठले खेल क्षेत्रलाई समेटेर आयोजना हुन लागेको कार्यक्रमको सफलताको कामना गर्दै प्लाजा होटल ग्रूपले समेत पोखरा स्पोर्ट्स अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए।


मञ्चका अध्यक्ष आस्थाले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोगी हातहरु खोज्ने क्रममा हस्पिटालिटी पार्टनरको रुपमा पोखराको टेम्पल बेल होटल र काठमाडाैंको प्लाजा होटल ग्रूपसँग जोडिन पुगेको बताए। गण्डकी क्षेत्रमा रहेको खेलकुदको गतिविधीहरुलाई समेटेर आयोजना गरिने पोखरा स्पोर्ट्स अवार्डमा हस्पिटालिटी पार्टनरको समेत महत्वपूर्ण आवश्यक रहने र त्यसमा सहयोग गर्ने दुवै होटल सञ्चालक प्रति उनले आभार समेत प्रकट गरे।


अवार्डमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिदै छ। जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन्। पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छ।


Swadesh Maharjan | April 21st, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya