नेपाल पहिलो टी-२० मा मलेसियासँग ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य घरेलु टोली मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि कप्तान रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।
बांगाईस्थित युकेएम-युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो।
नेपालका लागि सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा ज्योती पाण्डेले ११ रन जोडिन् । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिइन ।
पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि नेपाल मलेसिया भ्रमणमा रहेको छ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]