
मुम्बई इन्डियन्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पंजाव किग्सलाई छ विकेटले हराएको छ । पंजावको यो लगातार पाँचौ हार हो र यससँगै उसको प्ले अफ सम्भावना कमजोर बनेको छ ।
मुम्बई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ र उसको आठ अंक भएको छ । पंजाव भने १३ अंकमा चौथो स्थानमा छ । सुरुआती सात खेलमा अपराजित रहेर उत्कृष्ट सुरुआत लिएको पंजावले त्यसपछि लय गुमाएको हो ।
धर्मशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको पंजावले आठ विकेटमा दुई सय रन बनाएको थियो र त्यसमा प्रभसिमरन सिंहले ५७ रन जोडे । मुम्बईका लागि सार्दुल ठाकुरले ३९ रनमा चार विकेट लिए ।
जवाफमा मुम्बईले एक बलको खेल बाँकी छँदा चार विकेट गुमाएर २ सय ५ रन बनायो । तिलक वर्माले मुम्बईका लागि ७५ रन बनाएर नटआउट रहे र जितको आधार तयार पारे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]