
रियल म्याड्रिडले बिहीबार स्पेनी ला लिगामा रियल ओभिएडोलाई २–० ले हराएको छ । यो रियलका लागि सान्त्वना जित भन्दा बढी केही रहेन् । बर्नाबाउमा भएको खेलमा जितका बावजुत समर्थन आक्रोसित रहे ।
समर्थकले केयलिएन एमबापेसँगै अन्य खेलाडीको विरोध गरेका थिए । खेलमा भने रियलका लागि गोन्जालो गार्सिया र जुड वेलिंघमले एक एक गोल गरे । यो जितपछि रियलको ८० अंक भएको छ र दोस्रो स्थानमा छ ।
ओभिएडो भने २९ अंकमा सबैभन्दा पुछारमा छ र यसअघि नै रेलिगेसनमा परिसकेको छ । लगातार दोस्रो सिजन रियलले कुनै पनि उपाधि जित्न नसक्ने निश्चित भइसकेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]