
वैभव सूर्यवंशीको उत्कृष्ट प्रदर्शनको मदतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मंगलबार लखनउ सुपर जायन्ट्सलाई सात विकेटले हराएको छ र प्ले अफको नजिक पुगेको छ ।
यो जितपछि राजस्थान १४ अंकमा चौथो स्थानमा रहेको छ र प्ले अफको लागि छनोट हुने समीकरण उसकै हातमा रह्यो । लखनउ भने आठ अंकमा पुछारमा छ ।
जयपुरमा भएको खेलमा लखनउले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय २० रन बनाएको थियो र त्यसमा ओपनर मिचेल मार्सको ९६ रन बनाए ।
जवाफमा राजस्थानले १९.१ ओभरमा तीन विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । वैभवले ३८ बलमा ९३ रन बनाए । उनले सात चौका र दस छक्का प्रहार गरे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]