Share on:

सिटीको बराबरीले आर्सनल लिग च्याम्पियन
May 20th, 2026

आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने मंगलबार निश्चित भएको छ । बर्नमाउथले म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेपछि आर्सनल २२ वर्षपछि लिग च्याम्पियन भएको हो ।


आर्सनल अन्तिम चरणका खेल अगाडि चार अंकले अगाडि रह्यो र अब उसलाई सिटीले उछिन्न सक्ने छैन् । आर्सनलको ८२ अंक छ भने सिटी ७८ अंकमै सीमित रह्यो र यो चार अंकको निर्णायक अग्रता हो ।


बर्नमाउथले आफ्नो घरेलु मैदानमा एली जुनियरको गोलले अग्रता लिएको थियो । खेलको अन्त्यतिर इर्लिङ हालान्डले बराबरी गोल फर्काए ।


मंगलबारकै अर्को खेलमा चेल्सीले टोटनहमलाई २–१ ले हरायो । हारले टोटनहनमाथि रेलिगेसन डर कायम रह्यो । टोटनहम ३८ अंकमा १७ औं स्थानमा छ । उसको पछाडि वेस्ट ह्याम ३६ अंकमा छ ।


Swadesh Maharjan | May 20th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya