Share on:

राजस्थानको अर्को सजिलो जित
April 23rd, 2026

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को दोस्रो स्थानमा उक्लने क्रममा बुधबार लखनउ सुपर जायन्सलाई सजिलै ४० रनले हराएको छ । यो जितपछि राजस्थानको १० अंक भएको छ । पंजाव किग्स ११ अंकमा शीर्षमा छ ।


लखनउ भने चार अंकमा नवौं स्थानमा रह्यो । लखनउमा भएको खेलमा पहिले ब्याटिङ गर्दै राजस्थानले छ विकेटमा १ सय ५९ रन बनाएको थियो । रविन्द्र जडेजाले त्यसमा सबैभन्दा बढी ४३ रन बनाए ।


जवाफमा लखनउ १८ ओभरमा १ सय १९ रन मात्र बनाएर अलआउट भयो । ओपनर मिचेल मार्सले ५५ रन बनाए, त्यसको खासै अर्थर रहेन् ।


Swadesh Maharjan | April 23rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya