
लामिन यामलले पहिलो हाफमा गरेको गोलमा बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार सेल्टा भिगोलाई १–० ले हराएर उपाधिको नजिक पुगेको छ । तर यामल खेलकै क्रममा चोट बाक्दै मैदान छाड्न बाध्य रहे ।
उनको निर्णायक गोल भने ४० औं मिनेटमा सम्भव भएको थियो । । यो जितपछि बार्सिलोनाको ३२ खेलबाट ८२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि नौ अंकको अग्रता हो । सेल्टा भिगो ४४ अंकमा सातौं स्थानमा रह्यो ।
बुधबारकै अर्को खेलमा गेटाफेले रियल सोसिडाडलाई १–० ले पराजित गर्यो । गेटाफे ४४ अंकमै छैटौं स्थानमा छ भने रियल सोसिडाड ४२ अंकमा आठौं स्थानमा छ । यो नतिजाले अर्को सिजन युरोपमा खेल्ने दौड अझ कडा भएको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]