जोए रुटको टेस्ट क्रिकेट करियर आफैमा अद्धितीय छ र त्यसमा एउटा अर्को कीर्तिमान पनि थपिएको छ । अब उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी क्याच लिने खेलाडी बनेका छन् । अहिले लन्डनको लर्डसमा इंग्ल्यान्ड र भारतबीच तेस्रो टेस्ट चलिरहेको छ ।
त्यसै टेस्टको दोस्रो दिन उनले २ सय ११ औं क्याच लिए र नयाँ कीर्तिमान बनाए । यसअघि यो कीर्तिमान भारतका राहुल द्रविडको नाममा थियो । उनले २ सय १० क्याच लिएका थिए । अब उनी दोस्रो स्थानमा झरेका छन् भने रुट शीर्षमा उक्लेका छन् ।
यति क्याचका लागि रुटले १ सय ५६ टेस्ट खेले भने द्रविडले १ सय ६४ । अब एकपल्ट सबैभन्दा बढी क्याच लिने सूचीतर्फ आँखा लगाऔं । शीर्ष दुई स्थानमा त रुट र द्रविड नै भए । त्यसपछि महेला जयवर्द्धनेले २ सय ५ तथा स्टिभ स्मिथ र ज्याक कलिसले समान दुई/दुई सय क्याच लिएका छन् ।
यस्तै रिकी पोटिङले १ सय ९६, मार्क वाले १ सय ८१, एलिस्टर कुकले १ सय ७५, स्टेफन फ्लेमिङले १ सय ७१ र ग्रेम स्मिथले १ सय ६९ क्याच लिएका छन् । रुट अझै लगातार खेलिरहेका छन् । त्यसैले तय छ, यो क्याचको कीर्तिमानलाई उनले अझ अगाडि बढाउने छन् ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]