Share on:

मुम्बईलाई हराएर बेंगलुरु शीर्षमा
May 11th, 2026

रोयल च्यालेन्जर्स बेंगुलुरुले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई इन्डियन्सलाई अन्तिम बलमा दुई विकेटले हराएको छ र यससँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बेंगलुरु १४ अंक भएको छ ।


यो नतिजापछि अन्तिम दुई स्थानमा रहेका मुम्बईसँगै लखनउ सुपर जायन्ट्स प्रतियोगिताबाट बाहिरिएका छन् । जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा बेंगलुरुले आठ विकेट गुमाएर हात पारेको थियो । क्रुणाल पाण्डेले बेंगलुरुका लागि ४६ बलमा ७३ रन बनाए ।  


उनले चार चौका र पाँच छक्का प्रहार गरे । त्यस अगाडि पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटमा १ सय ६६ रन बनाएको थियो र त्यसमा तिलक वर्माले सर्वाधिक ५७ रन बनाए ।


Swadesh Maharjan | May 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya