Share on:

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी
July 11th, 2025

२७ अषाढ, राजबिराज ।

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट टाइगर्स विजयी भएका छन्।

राजगढ वारियर्सले हनुमाननगर हिरोजलाई तथा तिरुहुट टाइगर्सले रोयल च्यालेन्जर्स बाह्री विरपुरलाई पराजित गर्यो। 

पबी स्कुल मैदानमा सम्पन्न आजको पहिलो खेलमा राजगढ वारियर्सले हनुमाननगर हिरोजलाई २३ रनले पराजित गर्यो। 

१३२ रनको लक्ष्य पछाएको हनुमाननगर हिरोजले १७.५ ओभरमा १०८ रनमा सबै विकेट गुमाउन पुग्यो।

हनुमाननगरको लागि गोमनन्द अमात्य र एकलब्य मुखियाले समान २३ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहेन ।

राजगढ वारियर्सका बलर नयन यादव र रोशन यादवले समान ३ विकेट लिंदै जितमा अहम योगदान दिए। आनन्द मण्डलले २ तथा विकि पासवान र विष्णु मण्डलले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको राजगढ वारियर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३१ रन बनाउँदै १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वारियर्सको लागि विष्णु मण्डलले सर्वाधिक ३९ रन बनाए। जुन क्रममा उनले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे। यस्तै नयन यादवले ३१ बलमा चार चौका र एक छक्का मद्दतले ३६ रन बनाए । मोहम्मद असरलले २२ रन योगदान दिए।

हनुमान नगरको बलिङमा सिवान यादवले दुई विकेट तथा उज्ज्वल झा र सन्जन बैठाले समान एक विकेट लिए ।

अलराउण्ड प्रदर्शन गरेका नयन यादव प्लेयर अफ म्याच घोषित भए

आजै सम्पन्न दोश्रो खेलमा तिरुहुट टाइगर्सले रोयल च्यालेन्जर्स बाह्री विरपुरलाई ७ विकेटले पराजित गर्यो। 

१३८ रनको लक्ष्य पाएको टाइगर्सले मात्र ३ विकेट गुमाएर १७. ५ ओभरमा लक्ष्य पुरा गर्यो। 

लक्ष्य पछ्याउने क्रममा टाइगर्सका ओपनर भोला शाहले सर्वाधिक ६४ रन बनाए जुन क्रममा उनले ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै निरज यादवले २५ बलमा २७, दिनेश अधिकारीले ११ बलमा अविजित २२ रन योगदान दिए। वीरपुरका राहुल विकले २ तथा बिकाश दासले १ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बाह्री विरपुरले २० ओभरमा ८ विकेट क्षेतीमा १३७ रन बनाएको थियो। 

टाइगर्सका ओपनर तृत राज दासले सर्वाधिक ५० रन बनाए। प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा दासले ४९ बलमा ७ चौका प्रहार गरे। अमित यादवले ३०, राहुल विकले २१ तथा बिकाश दास ( ए ) ले १८ रन बनाए। 

तिरुहुट टाइगर्सका बलर चित्र बहादुर बिस्टले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन गर्दै १२ रन मात्र खर्चिए। अनिल यादव र श्रवन यादवले समान २ विकेट लिए। 

टाइगर्सका भोला शाह प्लेयर अफ द म्याच घोषित भए। 

८ दिन संचालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा हनुमाननगर हिरोज, कन्चनरुप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन् भने समुह ‘बि’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर बाराही विरपुर, रुपनी राइडर्स तथा खडक वारियर्स रहेका छन्। समुह चरणमा सबै टिमले एकअर्का संग खेलेपछि दुवै समुहबाट उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल साउन १ गते हुनेछ।

प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।


Swadesh Maharjan | July 11th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya