पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दुई टेस्टको सिरिज बिहीबार १–१ को बराबरीमा टुंगेको छ । रावलपिन्डीमा भएको दोस्रो टेस्ट दक्षिण अफ्रिकाले आठ विकेटले जितेपछि सिरिज बराबरीमा समाप्त भएको हो । टेस्टको चौथो दिन दक्षिण अफ्रिकाले जितका लागि ६८ रनको लक्ष्य पाएको थियो ।
त्यसको जवाफमा लञ्च अगाडि नै दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ७३ रन बनायो । कप्तान एडेन मार्केलले त्यसमा ४२ रन बनाए । यस्तै अर्को ओपनर रायन रिकेल्टनले २५ रन बनाए र नटआउट रहे । त्यस अगाडि पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय ३८ रन मात्र बनाएर अलआउट भएको थियो ।
त्यसमा बाबर आजमले ५० रन बनाए र उनलाई अरू कोही पनि ब्याटरले साथ दिएनन् । पाकिस्तान सस्तोमो समेटिनुमा स्पिनर सिमोन हार्मरले प्रमुख भुमिका खेले । उनले ५० रनमा छ विकेट लिए । टेस्टमा पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन सय ३३ रन बनाएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकाले चार सय चार रन बनाएको थियो ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]