अन्ततः लिभरपुल बुधबार राति युरोपेली च्याम्पियन्स लिगमा जित निकाल्न सफल रह्यो र यो ठूलो राहतको सफलता रह्यो । यसअघिका चार खेल लगातार गुमाएर चर्को दबाबमा आएको लिभरपुलले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१ ले हरायो, त्यो पनि एक गोलले पछाडि रहेको स्थितिबाट ।
इंग्लिस च्याम्पियनका लागि ह्युगो एकिटिके, भर्जिल भान डाइक, इब्राहिम कोनाटे, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे । बुधबारका अन्य खेलमा कुनै अप्रत्यासित नतिजा आएन् र ठूला टिम जति सबैले अपेक्षित जित निकाले ।
जुड बेलिङघमको निर्णायक गोलको मदतले रियल म्याड्रिडले युभेन्ट्सलाई १–० ले हरायो । लयमा रहेका ह्यारी केनको एक अर्को गोलको मदतले बायर्न म्युनिकले क्लब ब्रुगलाई ४–० ले हरायो । चेल्सी पनि चेल्सी पनि आयाक्समाथि ५–१ ले सजिलै विजयी रह्यो ।
अन्य खेलमा स्पोर्टिङ लिस्वनले मार्सेले २–१, एथलेटिको बिलबाओले कोराबागलाई ३–१ र गालाटासारेले बोडो/ग्लिम्टलाई ३–१ ले हरायो । मोनाको र टोटनहम तथा एटलान्टा र क्लब ब्रुगले भने निराशाजनक गोलरहित बराबरी खेले ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]