Share on:

दोस्रो टेस्ट जितपछि दक्षिण अफ्रिकालाई सिरिज
November 26th, 2025

दक्षिण अफ्रिकाले दोस्रो टेस्टको पाँचौं दिन बुधबार भारतलाई ४ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ । यससँगै दक्षिण अफ्रिकाले दुई टेस्टको सिरिजमा निर्णायक २–० को अग्रता पनि लिएको छ ।


जितका लागि ५ सय ४९ रनको विशाल लक्ष्य पाएको भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ४० रन मात्र बनाएर अलआउट भयो । त्यसमा रविन्द्र जडेजाले सर्वाधिक ५४ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये सिमाने हारमरले ३७ रनमा छ विकेट लिए ।


दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्समा ४ सय ८९ रन बनाएपछि त्यसको जवाफमा भारत २ सय १ रन मात्र बनाएर अलआउट भएको थियो । दक्षिण अफ्रिकाले भारतलाई फलो अनका लागि भने बाध्य पारेन् ।


त्यसपछि पाहुना टिमले पाँच विकेटमा २ सय ६० रन बनाएर आफ्नो दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारत पहिलो टेस्टमा ३० रनले विजयी रहेको थियो । दक्षिण अफ्रिकाले भारतीय भूमिमा टेस्ट सिरिज जितेको २५ वर्षयता पहिलो पटक हो ।


Swadesh Maharjan | November 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya