
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश बागमतीलाई २१० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले ५० ओभरको खेलमा ४२.१ ओभरमा २०९ रनमा अलआउट भएको हो।
सुदूरका नारायण जोशीले ७५ रनको योगदान दिए। उनले ६८ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै टोलीलाई मध्यम योगफलसम्म पुर्याएका हुन्। त्यस्तै दीपक बोहराले ४० रन बनाए भने अभिषेक पालले आक्रामक सुरुवात गर्दै ३९ रन जोडे।
कप्तान शेर मल्ल ६ रनमै आउट हुँदा राजु रिजाल, खडक बोहरा, मिलन बोहरा जस्ता खेलाडी सस्तोमा समेटिए।
बलिङतर्फ बागमतीका प्रतीश जिसी र कप्तान सन्दीप लामिछानेले समान चार विकेट लिए। प्रतीशले ९.१ ओभरमा २६ रन खर्चेर भने लामिछानेले १० ओभरमा ३२ रन दिएर ४ विकेट झारे। रिजन ढकाल र सोनु देवकोटाले समान १/१ विकेट लिए।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]