
काठमाडौं। विश्व फुटबलको सर्वोच निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादमा हस्तक्षेपबारे गम्भीर चासो जनाउँदै सात दिनभित्र समाधान गर्न चेतावनी दिएका छन्।
मार्च २५ को निर्णयमार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेपछि चर्किएको विवादमा फिफा–एएफसीले असन्तुष्टि जनाएका हुन्।
उनीहरूले उक्त कदमलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै निर्णय खारेज गरी निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न आग्रह गरेका छन्।
समयसीमाभित्र समाधान नभए एन्फामाथि अन्तर्राष्ट्रिय निलम्बन लाग्ने चेतावनीसमेत दिइएको छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]