Share on:

लेजेन्डसँग सल्लाह लिइदै
July 16th, 2025

आफ्नो टिमको लगातार खराव प्रदर्शनपछि वेस्ट इन्डिज क्रिकेट बोर्डले एउटा उपाय निकालेको छ र त्यो हो, पुराना लेजेन्डसँग सल्लाह लिने । भर्खरै वेस्ट इन्डिज क्रिकेटको नाममा एउटा खराव कीर्तिमान जोडिएको छ र त्यो हो, टेस्ट क्रिकेटको एउटा इनिङ्समा २७ रन बनाएर अलआउट हुनु ।

यो दोस्रो सबैभन्दा कम स्कोर हो । अस्ट्रेलियाविरुद्ध सबिना पार्कमा भएको टेस्टमा वेस्ट इन्डिजले यो स्थिति भोगेको हो । त्यति मात्र होइन्, अस्ट्रेलियाको हातबाट वेस्ट इन्डिज तीनै टेस्टमा पराजित रह्यो, ‘ह्वाइसवास’ हुने गरेर । अहिले सल्लाह लिन खोजिएका तीन लेजेन्ड हुन्, सर भिभन रिचर्डस्, सर क्लाइभ लोयड र ब्रायन लारा ।

वेस्ट इन्डिज क्रिकेट बोर्डका अध्यक्ष किशोर सालाओले एउटा आपत्तकालीन बैठक बोलाएका छन् र त्यसमा ती तीन ठूला नामलाई पनि समावेश गरिनेछ । यो बैठकमा अरू केही ठूला पुराना स्टार शिवनारायण चन्द्रपउल र डेसमन्ड हेन्सलाई पनि बोलाइएको छ ।

 सन् सक्तरीको दशकदेखि नब्बेसम्मै विश्व त्रिकेटमा वेस्ट इन्डिज सबैभन्दा ठूलो शक्ति रहेको थियो । तर अब त्यो इतिहास भइसकेको छ र अहिले कम्तीमा टेस्ट क्रिकेटमा यो टिम सबैभन्दा कमजोरमध्ये एक रहेको छ । टिमको लगातार खराव प्रदर्शनको क्रम पनि बढ्दो नै छ ।


Swadesh Maharjan | July 16th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya