काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपालले भुटानसँगको पहिलो खेलमा २-१ गोलले जित हात पारेको थियो। जुन नेपालको यस प्रतियोगीताको एक मात्र जित हो। त्यस्तै नेपाल पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने तेस्रो खेलमा बंगलादेशसँग ३-० गोलले हारेको थियो। त्यस्तै दोस्रो चरणको पहिलो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो भने दोस्रो खेलमा भारतसँग ५-० गोलले पराजित भएको थियो।
भुटानसँगले भने अहिले सम्म जित दर्ता गरेको छैनन्। त्यस्तै भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ । भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो ।
यस प्रतियोगीताको उपीधी भने भारत जितिसकेको छ । बंगलादेश भने उप विजेता रहेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]