Share on:

वडा १३ र १४ बीच फाइनल
September 19th, 2023

काठमाडौँ, असोज २ गते- प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बीच हुने भएको छ ।

लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो । सो खेलमा आरोन खड्काले निर्णायक गोल गर्नुभयो । आरोन नै म्यान अफ दि म्याच घोषित हुनुभयो । 

अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्नुभयो । सो खेलमा दुवै गोल वडा १३ क आसिस कपालीले गर्नुभयो । आसिस नै म्यान अफ दि म्याच चुनिनुभयो । फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ ।

नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।


Shishir Jung | September 19th, 2023

Comments

No comments yet.