Share on:

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
October 1st, 2023

काठमाडौँ । एशियन गेम्समा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक २७ बलमा ५२ रन बनाएका थिए। त्यस्तै कुशल मल्लले २० बलमा अविजित ४७ रन बनाए भने कुशल भुर्तेलले ३५ रन बनाएका थिए। त्यस्तै गुलशन झाले पनि २१ बलमा ३५ रन बनाएका थिए।



Shishir Jung | October 1st, 2023

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya