Share on:

अफ्रिकी कप अफ नेसन्समा क्वाटरफाइनल समीकरण पूरा
January 7th, 2026

मोरक्कोमा भइरहेको अफ्रिकी कप अफ नेसन्सको मंगलबार क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार रातिका अन्तिम दुई अन्तिम १६ को खेलमा अल्जेरिया र आइभरीकोस्ट विजयी रहे । 


अल्जेरियाले डीआर कंगोलाई १–० ले पराजित गरेको थियो र त्यसमा बोउलबिनाले एक मात्र निर्णायक गोल गरे । यस्तै डिफेन्डिङ च्याम्पियन आइभरीकोस्टले बुरकानो बासोलाई सजिलै ३–० ले हरायो । 


त्यसमा अमाड डिआलो, यान डाइमान्डे र ब्लाटी टुरे एक एक गोल गरे । अब आइभरीकोस्टले इजिप्ट, मालीले सेनेगल, क्यामरुनले मोरक्को र अल्जेरियाले सामना गर्नेछ । 


Swadesh Maharjan | January 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya