Share on:

वेस्ट ह्यामाथि फरेस्टको पुर्नआगमन जित
January 7th, 2026

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्याममाथि २–१ को पुर्नआगमन जित निकालेको छ र उसले उसलाई धेरै राहत दिनेछ । यो जितपछि फरेस्टको २१ अंक भएको छ र १७ औं स्थानमा छ ।


यो रेलिगेसन क्षेत्रबाट सात अंक अगाडि हो । आफ्ना पछिल्ला पाँच खेलमा फरेस्टको यो पहिलो जित हो । वेस्ट ह्याम भने आफ्ना पछिल्ला दस खेलमा कुनै पनि जित निकाल्न असफल रहेको छ ।


वेस्ट ह्यामले लन्डन स्टेडियममा मुरिलोको आत्मघाती गोलमा अग्रता लिएको थियो । त्यसपछि निकोलस डोमिग्वेजले फरेस्टका लागि बराबरी गोल गरे । खेलको ८९ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट निर्णायक गोल गरे ।


Swadesh Maharjan | January 7th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya