Share on:

एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा
February 16th, 2026

गाईघाट। विभागिय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा आर्मीले एनआरटीविरुद्ध ६-१ को पुनरागमन जित हासिल गरेको हो।


खेलमा कविता गुरुङको गोलबाट सुरुआती अग्रता बनाएको एनआरटीले उक्त अग्रता जोगाउन सकेन। 


आर्मीकाे जितमा जेनिफर रानाको ह्याट्रिक पूरा गिन्। उन सबै गोल दोस्रो हाफमा गरेकी हुन्। यस्तै सपना राईले दुई र दिपा राईले एक गोल गरिन्।


यो जितसँगै आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशको लागि भिड्नेछन्।


Swadesh Maharjan | February 16th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya