
नेपालले साफ च्याम्पियनसिप २०२६ को बुधबार हुने पहिलो सेमिफाइनलमा दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्दैछ र त्यसका लागि प्रशिक्षक नवीन न्यौपानेले एन्जिला सुब्बाको नेतृत्वमा टिम उतार्ने भएका छन् ।
श्रीलंकाविरुद्ध लिग चरणको अन्तिम खेलबाट चार खेलाडी परिवर्तन गरिएको छ । टिममा एन्जिलासँगै पूजा राना, विमला विक, रेनुका नगरकोटे, सरु लिम्बू, गीता राना, रेखा पौडेल, प्रीति राई, रश्मिकुमारी घिसिङ, अनिता लाम्जेल र दीपा शाही रहेका छन् ।
नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशकै हातबाट पराजित रहेको थियो । दुवै खेल काठमाडौंमा भएका थिए । प्रतियोगिताको बुधबार हुने अर्को सेमिफाइनलमा भारतले भुटानको सामना गर्नेछ ।

Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]