Share on:

अर्जेन्टिना पराजित
September 10th, 2025

काठमाडौँ। दक्षिण अमेरिकी विश्वकप छनाेट अन्तर्गतको खेलमा अर्जेन्टिना पराजित भएको छ।


बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा इनर भलेन्सियाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।


यस खेलमा इक्वेडरका मोइस काइसेडो र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रातो कार्ड पाएपछि दुवै देश १०-१० खेलाडीमा सिमित भएका थिए।


त्यस्तै दक्षिण अमेरिकी विश्वकप छनाेटमा बुधबार बिहान नै भएको खेलमा बोलिभियाले ब्राजिललाई १-० ले पराजित गर्दै विश्वकप छनाेटको इन्टरकन्टिनेन्टल प्लेअफमा छनाेट भएको छ।


योसँगै दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना शीर्ष स्थानमा र इक्वेडर दोस्रो स्थानमा रहदै विश्वकपमा छनाेट भएका छन्। त्यस्तै कोलोम्बिया, उरुग्वे, ब्राजिल र पराग्वे पनि विश्वकपका लागि छनाेट भएका छन्।


Swadesh Maharjan | September 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya