Share on:

एउटा अर्को खुसी दिन नसकेको प्रदर्शन
September 10th, 2025

काठमाडौं छोड्न अगाडि प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, हामी ताजाकिस्तान जान लागेको जित्नका लागि हो, हार्नका लाग होइन् । तर उनले आफ्नो वचन राख्न सकेनन् । एएफसी एसियनकप छनोट २०२५ मा नेपालका प्रदर्शन त्यस्तो रहेन्, जसले खुसी दिन सकोस ।


नेपाल समूह ‘के’ मा थियो, कम्तीमा अपेक्षा थियो, तीन खेलमध्ये कुनैमा बराबरी निस्कनेछ । जितको अपेक्षा सायद कमै थियो । तर नेपाल तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । त्यसको अर्थ नेपाल अंक तालिकाको पुछारमा रह्यो । धेरै अर्थमा यो निराशाजनक नतिजा नै रह्यो ।


आफ्नो अन्तिम खेलमा नेपाल फिलिपिन्सको हातबाट ४–० ले पराजित रह्यो । र, यो रह्यो, लगातार तेस्रो हार । यो जितका बावजुत फिलिपिन्स आफै पनि छनोट हुन सकेन् । यो समूहको शीर्षमा रह्यो, सिरिया । यसले तीनै खेल जित्यो र नौ अंकमा समूह विजेता बन्यो ।


धेरै हदसम्म नेपालको प्रदर्शन यही सिरियाविरुद्ध नै राम्रो रह्यो । सिरियाविरुद्धको दोस्रो खेलमा नेपाल ४–२ ले पराजित रहेको थियो । त्यस खेलको ७३ मिनेटसम्म नेपाल २–१ ले अगाडि थियो । तर अन्त्यमा नेपालले सिरियाले तेर्साएको दबाब थेग्न सकेन् ।


नेपालका लागि निराजन धामी र सुमिन श्रेष्ठले गोल गरे । यसअघि नेपाल आफ्नो पहिलो खेलमा ताजाकिस्तानसँग ४–० ले पराजित भएको थियो । नेपालका लागि सबैभन्दा निराशाजनक नतिजा यही रह्यो । सबैलाई थाहा छ, राष्ट्रिय टिम बलियो हुने भनेकै यू–२३ टिममा टिकेर हो ।


यसमै नेपालको प्रदर्शन फेरि एकपल्ट कमजोर रह्यो । फेरि सबै दोष प्रशिक्षक र खेलाडीमा पनि दिन मिल्दैन्, किनभने तिनीहरूले चाहिएको जतिको अवसर र सुविधा नै कहाँ पाएका छन् र ? स्पष्ट छ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२३ उमेर समूहको फुटबलमा राम्रै लगानी गर्नु पर्छ, योजना पनि त्यस्तै दरिलो चाहिन्छ ।


Swadesh Maharjan | September 10th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya