काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो हासिल गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले चन्द्रपुरमाथि १०–० को फराकिलो जित हासिल गरेको हो।
एन्फा महिला लिग अन्तर्गत आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्कीले ह्याट्रिक गरिन्। हिमा चौधरी, दीपा शाही, अन्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल गरिन्।
जितसँगै सात खेलबाट १६ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित चन्द्रपुर समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]