
गाईघाट। त्रिभुवन आर्मी क्लब एन्फा वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि बिमला चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। पहिलो हाफमै गरिएको उक्त गोल जोगाउँदै आर्मीले पुलिसको चुनौतीलाई सफलतापूर्वक रोक्यो।
जितसँगै आर्मीले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा एपीएफ फुटबल क्लब र संकटा फुटबल क्लब भिड्दै छन्। फाइनल खेल शनिबार हुनेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]