
भिनिसियस जुनियरले गरेको निर्णायक गोलको मदतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग प्ले अफ पहिलो लेगमा बेनफिकालाई १–० ले हराएको छ । जोसे मोउरिन्होको बेनफिकामाथि यो रियलका बदला पनि रह्यो ।
खेलको ५० औं मिनेटमा भिनिसियसले गोल गरे र पछि आफूमाथि रंगभेदी व्यवहार गरेको आरोप पनि लगाए । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने दुई गोलले पछाडि रहेको स्थितिाट मोनाकोमाथि ३–२ को पुर्नआमगन जित रत्न सफल रह्यो ।
त्यसमा डिसाएर डोउले ६७ औं मिनेटमा निर्णायक गोल गरे । अन्य खेलमा बोरुसिया डर्टमुन्डले एटलान्टालाई २–० ले हरायो भने युभेन्ट्स अविश्वसनीय ढंगले गालातासारेविरुद्ध ५–२ ले पराजित रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]