Share on:

नेपालले आज स्कटल्यान्डसँग भिड्दै
February 17th, 2026

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।


मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुने यस खेलमा नेपालले सुपर आठमा पुग्ने सम्भावना गुमाइसकेको छ। समूहका तीनै खेलमा पराजय बेहोरेपछि नेपालका लागि यो खेल प्रतिष्ठाको रुपमा महत्त्वपूर्ण छ।


त्यसैगरी, समान खेलबाट एक जित र दुई हार बेहोरेको स्कटल्यान्ड दोस्रो जित दर्ता गर्दै समूहमा स्थिति सुधार्ने लक्ष्यमा रहेको छ। 


पहिलाे खेलमा इंङ्ग्लयान्डसँग ४ रनले हारेकाे नेपाल दाेस्राे खेलमा इटालीसँग १० तथा तेस्राे खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएकाे थियाे। त्यसैले स्कटल्यान्डलाई हराउँदै प्रतियाेगितामा सान्त्वना जितका साथ घर फर्किन चहान्छ। 


Swadesh Maharjan | February 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya