Share on:

सेमिफाइनल प्रवेशका लागि संकटा र चर्च ब्वाइज भिड्दै
February 17th, 2026

काठमाडौं। एन्फा महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम क्वाटरफाइनलमा संकटा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।


उदयपुरको गाईघाटस्थित थरुहट रंगशाला मा दिउँसो ३:३० बजे सुरु हुने यस खेलको विजेताले सेमिफाइनलमा विभागीय टोली एपीएफ क्लब सँग प्रतिस्पर्धा गर्नेछ।


चर्च ब्वाइजले प्रि–क्वाटरफाइनलमा छहारी युवा क्लबलाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। यता संकटाले भने बाइ पाउँदै सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो।


आगामी ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक एन्फाले जनाएको छ।


सेमिफाइनल यात्रा सुनिश्चित गर्न दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रने अपेक्षा गरिएको छ।


Swadesh Maharjan | February 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya