Share on:

भारत ‘ए’सँग पराजित हुँदै नेपालको यात्रा समाप्त
February 17th, 2026

काठमाडौं। थाइल्याण्डको तेर्दथाई क्रिकेट मैदानमा जारी एसीसी महिला एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपाल भारत ‘ए’सँग ७ विकेटले पराजित भएको छ।


योसँगै नेपालले समूह चरणका सबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालका लागि यात्रा निराशाजनक बन्यो।


पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमै समेटियो। सुरुआतदेखि नै दबाबमा परेको नेपालले नियमित अन्तरालमा विकेट गुमायो र प्रतिस्पर्धात्मक लक्ष्य तयार गर्न सकेन।


७९ रनको सामान्य लक्ष्य पछ्याएको भारत ‘ए’ले ७.५ ओभरमै ३ विकेट गुमाएर ८२ रन बनाउँदै सहज जित हात पार्‍यो।


भारत ‘ए’का लागि वृन्दा दिनेश १८ बलमा ३९ रन बनाउँदै अविजित रहिन्। उनले ९ चौका प्रहार गर्दै आक्रामक इनिङ्स खेलिन्। तेजल हसबनिसले १८ तथा अनुश्का शर्माले १० रनको योगदान दिइन्।


नेपालका तर्फबाट मनीषा उपाध्याय, अनु कडायत र सिता राना मगरले समान १–१ विकेट लिए पनि सानो लक्ष्य र कमजोर ब्याटिङ प्रदर्शनका कारण टोलीलाई जित दिलाउन पर्याप्त भएन।


Swadesh Maharjan | February 17th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya