
इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले बुधबार युरोपेली च्याम्पियन्स लिगमा बायर्न म्युनिकलाई ३–१ ले पराजित गरेर आफ्नो शतप्रतिशत प्रदर्शनको क्रमलाई कायम राख्यो । उसको अब पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थान कब्जा गर्न सफल रह्यो ।
इमिरेट्समा भएको खेलमा आर्सनलका लागि जुरेन टिम्बर, नोभी माडुके र ग्याब्रिएल मार्टिनेलले गोल गरे । जर्मन च्याम्पियन बायर्नका तर्फबाट लेनार्ट कार्लले एक गोल फर्काए । बायर्न भने १२ अंकमा तेस्रोमा झरेको छ र यससँगै उसको शतप्रतिशत प्रदर्शनमा पूर्ण विराम लाग्यो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) को पनि १२ अंक भएको छ र दोस्रो स्थानमा उक्लनका लागि फ्रान्सेली च्याम्ििपयनले टोटनहमलाई ५–३ ले हरायो । यस्तै रियल म्याड्रिडले ओलम्पियाकोजलाई ४–३ ले पराजित गर्यो ।
रियल १२ अंकमा पाँचौं स्थानमा पुगेको छ । इन्टर मिलान भने एटलेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भयो । इन्टर १२ अंकमा चौथो स्थानमा छ ।
यस्तै लिभरपुललाई पीएसभी आयनहोभनले ४–१ ले हरायो । अन्य खेलमा कोपनहेगनले अल्माटीलाई ३–२, एटलान्टाले फ्रायन्कफर्टलाई ३–०, स्पोर्टिङ लिस्वनले क्लब ब्रुगलाई ३–० ले पराजित गर्यो । पाफोस र मोनाकोको खेल २–२ को बराबरी टुंगियो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]