Share on:

इन्डोनेसियासॅंग नेपाल पराजित
November 26th, 2025

थ्री नेसन्स कप अन्तर्गत बुधबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल इन्डोनेसियासँग २–१ ले पराजित भएको छ ।  योग्यकार्ताको मागुवोहर्जो रंगशालामा इन्डोनेसिया एक गोलले पछाडि रहेको स्थितिबाट विजयी रहेको हो । नेपाल इन्डानेसियाको आत्मघाती गोलको मदतले अगाडि रहेको थियो ।


अनिता वस्नेतको कर्नरमा विमला विकले गरेको हेड प्रहारलाई इन्डानेसियाली डिफेन्डर भीभीले २० औं मिनेटमा आफ्नै पोस्टतर्फ प्रहार गरिन् । त्यसपछि इन्डानेसियाली कप्तान गेए युमान्डाले ५८ औं मिनेटमा बराबरी गोल गरिन् । निर्णायक गोल भने उया अलले ६७ औं मिनेटमा गरिन् ।


नेपालले आफ्ना कप्तान तथा प्रमुख खेलाडी सावित्रा भण्डारीविना खेलेको थियो र उनको अनुपस्थितिमा नेपालले आक्रमणमा संघर्षरत रह्यो । नेपालले अब अर्को खेलमा मंगलबार चिनिया ताइपेयीको सामना गर्नेछ । अन्तर्राष्ट्रिय महिला फुटबलमा इन्डोनेसियाविरुद्ध नेपालको यो दोस्रो हार हो ।


Swadesh Maharjan | November 26th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya