
आर्सनल र म्यानचेस्टर सिटी दुवै शनिबारको खेलमा विजयी रहेका छन् । यससँगै उनीहरू इंग्लिस प्रिमियर लिगको शीर्ष दुई स्थानमा रहे । आर्सनलको ३९ अंक छ भने उसको पछाडि सिटीको ३७ अंक छ ।
आर्सनलले भिक्टर ग्याकेरेसले पेनाल्टीबाट गरेको एक मात्र गोलको मदतले एभरटनलाई १–० ले हरायो । यस्तै इर्लिङ हालान्डले दुई र टिजानी रिजेन्डेर्सको एक गोलमा सिटीले वेस्ट ह्यामलाई ३–० ले पन्छायो ।
अर्को प्रमुख खेलमा लिभरपुलले नौ खेलाडीमा सीमित टोटनहमलाई २–१ ले हरायो र पाँचौं स्थानमा पुग्यो । अन्य खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–१ र ब्रेन्टफोर्डले उल्भ्सलाई २–० ले पराजित गरे ।
यस्तै न्युकासल युनाइटेड र चेल्सीले २–२, बर्नमाउथ र बर्नलीले १–१ र ब्राइटन र सन्डरल्यान्डले गोलरहित बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]