
युभ्न्ट्सले इटालीको सिरी ए मा आफूलाई उपाधिको प्रत्यासी बनाउने क्रममा शनिबार एएस रोमालाई २–१ ले पराजित गरेको छ । यो जितपछि युभेन्ट्सको २९ अंक भएको छ ।
यो लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानसँग चार अंकको दूरी हो । सिजनमा खराव सुरुआत गरेको टुरिन क्लब पछिल्लो समय लयमा देखिएको थियो ।
यसको ठीक उल्टो रोमाको प्रदर्शन भने कमजोर हुन थालेको छ । हारले रोमा ३० अंकमा चौथो स्थानमा रह्यो । एलिनाट स्टेडियममा भएको खेलमा युभेन्ट्सका लागि फ्रान्सिस्को कोन्सेकाउ र लोइस ओपेन्डाले गोल गरे ।
रोमाका तर्फबाट टोमासो बाल्डन्जीले एक गोल फर्काए । दिनको अर्को खेलमा लाजियो र क्रेमोन्सेले गोलरहित बराबरी खेले ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]