
आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति त्यस्तो जित निकालेको छ, जसको उपाधि होडमा निर्णायक प्रभाव सावित हुन सक्ने छ । इमिरेट्समा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ४–१ ले पराजित हो ।
हारले भिल्लाको उपाधि होड आफैमा कमजोर भएको छ । यससँगै उसको लगातार ११ खेलको जित क्रम पनि रोकिएको छ । आर्सनलका लागि ग्याब्रिएलले ४८, मार्टिन जुबिमेन्डीले ५२, लियान्ड्रो ट्रोसार्डले ६९ र ग्याब्रिएल जेससले एक एक गोल गरे ।
इन्ज्युरी समयमा ओली वाट्किन्सनले भिल्लाका लागि एक गोल फर्काए । यो जितपछि आर्सनलको १९ खेलबाट ४५ अंक भएको छ र यो शीर्षमा पाँच अंकको अग्रता हो । म्यानचेस्टर सिटी ४० अंकमा दोस्रोमा छ । एस्टन भिल्ला भने ३९ अंकमा तेस्रो स्थानमा रह्यो ।
अन्य प्रमुख खेलमा चेल्सीले ब्राइटनसँग २–२ र म्यानचेस्टर युनाइटेडले उल्भ्ससँग १–१ को बराबरीमा चित्त बुझाए । यस्तोमा चेल्सी ३० अंकमा पाँचौं र युनाइटेड पनि ३० अंकमा छैटौंमा रह्यो । दुवैका लागि यो निराशाजनक नतिजा रह्यो ।
लिभरपुल ३२ अंकमा चौथो स्थानमा छ । वेस्ट ह्याम र ब्राइटनबीचको खेल पनि २–२ को बराबरीमा समाप्त भयो । न्युकासल युनाइटेडले बर्नलीलाई ३–१ र एभरटनले नटिंघम फरेस्टलाई २–० ले पराजित गरे ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]