Share on:

आर्सनललाई भिल्लाको धक्का
December 6th, 2025

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले शनिबार शीर्ष स्थानमा रहेको आर्सनललाई २–१ ले पराजित गरेको छ । एमी बुन्डिआले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा भिल्लाका लागि निर्णायक गोल गरे ।


त्यस अगाडि म्याटी क्यासको गोलले भिल्लाले ३६ औं मिनेटमा अग्रता लिएको थियो । आर्सनलका तर्फबाट लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काएका थिए ।


यो नतिजापछि भिल्ला १५ खेलबाट ३० अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल भने समान खेलबाट ३३ अंकमा शीर्ष स्थानमा कायम छ ।


Swadesh Maharjan | December 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya